वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन साम्सद भट्टराईको माग

केन्द्रभाग मिडिया

पोखरा ।
प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले वीर अस्पतालका स्वास्थ्यकर्मी हटाउने निर्णय फिर्ता लिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराएकी छन् ।

साम्सद भट्टराईले आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै वीर अस्पतालमा कार्यरत २३० जना स्वास्थ्यकर्मीलाई सरकारले हटाउने निर्णय गरेको प्रती बिरोध जनाउदै उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेकी हुन् ।

भट्टराईले वीर अस्पतालको सेवा बिस्तार भइ ३५० शैयाबाट ९०० शैयामा वृद्धि गरेर ८३१ नयाँ दरबन्दी स्वीकृत गरिसकेको तर्फ इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयले करारमा कार्यरत २३० जना कर्मचारिलाइ भने असोज २१ गतेदेखी हाजिर नहुनु भनिसकेको छ ।
उनले पचास जना डाक्टर ,१६२ नर्स,११ प्रयोगशाला प्राबिधिक र ८७ जना रेडियोलोजिस्ट हरूलाइ असोज २१ गतेबाट सेवामा नआउन स्वास्थ मन्त्रीले निर्देशन दिएको समाचार आएको भन्दै तत्काल सो कदम फिर्ता लिन आग्रह गरेकी हुन् ।

सरकार एकातिर थप दरबन्दी स्वीकृत गर्ने अर्कोतर्फ कार्यरत स्वास्थ्यकर्मीलाई सेवाबाट हटाउने काम गरिरहेको छ । यसले चाडबाडका बेला सर्वसाधारण निजि अस्पताल जान बाध्य हुनेछन भन्दै साम्सद भट्टराईले स्वास्थकर्मीहरूलाइ प्रोत्साहित गर्दै सेवा प्रदान गर्ने अबशर दिन संसद मार्फत सरकारको ध्यानाकर्षण गराउछु ।

आर्थिक अबस्थाको कारण देखाई हटाउन गरिएको निर्णयले अस्पतालको सेवा प्रभावित भएर गुणस्तर खस्किने र सर्ब साधारण बाध्य भएर निजि अस्पताल जानुपर्ने बाताबरण स्वयं सरकारले नै सृजना गर्न लागेको बताएकी छन् ।

  • २१ आश्विन २०८०, आईतवार १६:०४ प्रकाशित