आममाफी वारे सरकारले सदनलाई जवाफ दिनुपर्छः गगन थापा

केन्द्रभाग मिडिया

काठमाडौं।
नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले रिगल भनिने योगराज ढकाललाई आममाफी दिनुको कारण सरकारले बताउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

 

प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै थापाले संविधान र कानुनको अपव्याख्या गरी भएको उक्त निर्णयमा सरकारले जवाफ दिनुपर्ने बताएका हुन् ।

‘संविधान सभाले बनाएको संविधान, यो संविधानले बनाएको कानुन र त्यो कानुनको सन्दर्भमा अहिले आएर अपव्याख्या भएकोले गर्दा अब फेरी वर्डन हाम्रो काँधमा आयो । यो निर्णय गलत छ । गलत भएको निर्णयको विरोध भएको छ । सदनमा भएको छ, बाहिर भएको छ, अदालतमा छ ।’ थापाले भने, ‘सदनमा यो कुरा विषय उठेको हुनले सरकारले यहाँ आएर यसको कारण हामीलाई बताउन पर्छ । यसको फेस गर्नपर्छ । जवाफ दिनुपर्छ, निर्णय आफू गरेर भाग्न पाइँदैन । हामीलाई यसको जवाफ चाहिन्छ, किन गरेको रु यत्रो सार्वजनिक प्रश्न उठेको छ । यसका बारेमा जवाफ चाहिन्छ ।’

  • १८ आश्विन २०८०, बिहीबार १६:४६ प्रकाशित