देशव्यापी ‘एडिनो भाइरल’: महामारीको जोखिम

केन्द्रभाग मिडिया

काठमाडौँ ।

केही सातायता देशव्यापी रुपमा आँखा पाक्ने रोग देखा परेको छ । आँखा पाक्ने रोग प्रकोपका रूपमा फैलिँदै गएको आँखा पाक्ने रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको छ । यसबाट सबै उमेर समूहका संक्रमित भइरहेका छन् ।

आँखाको सेतो भाग सुन्निने र रातो हुने यो रोगलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ भनिन्छ । यसको संक्रमणले आँखा रातो हुने, चिलाउने, पोल्ने, पानी बग्ने, चिप्रा लाग्ने हुन्छ । कतिपय संक्रमितमा परेला सुन्निने, आँखा बिझाउने, उज्यालो हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेलगायतका समस्या पनि देखिएको छ ।

सामान्यतया मनसुनको समयमा बढी फैलने यो संक्रमण यस पटक भने विगतको दाँजोमा तीव्र रूपमा देशभर फैलिरहेको तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ प्राडा रोहित सैजुले बताए । यस पटकको संक्रमण भारत र नेपालको सीमावर्ती क्षेत्रबाट सुरु भएको हो ।

नेपाल नेत्र ज्योति संघको देशभरका २७ वटा आँखा अस्पताल र १ सय ५० आँखा उपचार केन्द्रबाट संकलित तथ्यांकले पनि आँखा पाक्ने रोग देशभर प्रकोपका रूपमा फैलिरहेको र कुनै पनि बेला महामारीको रूप लिने जोखिम रहेको देखिएको छ ।

  • २२ श्रावण २०८०, सोमबार १६:३३ प्रकाशित