डोजरसहित बालुवाटारमा निर्माण व्यवसायीको प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौँ ।
निर्माण व्यवसायीहरूले डोजरलगायत निर्माण यन्त्रहरूसहित बालुवाटारस्थित प्रधानमन्त्री निवासनजिक विरोध प्रदर्शन गरेका छन् । उनीहरूले आज बिहान विरोध प्रदर्शन गरेका हुन् ।

विरोधमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप हुनुपर्नेलगायत ९ बुँदे मागसहित आन्दोलन थालेको बताए । माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताए ।

निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउन उनले माग गरे । उनीहरूले मंगलबार बिहान ९ बजेदेखि १० बजेसम्म प्रदर्शन गरेका हुन् । ‘सम्झौताहरू कार्यान्वयनमा नआएसम्म र सबै ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहन्छ,’ अध्यक्ष सिंहले भने, ‘आज आन्दोलनको तेस्रो दिन हो।’

  • १६ श्रावण २०८०, मंगलवार १३:२४ प्रकाशित