नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

केन्द्रभाग मिडिया

पोखरा ।

दसैँको रमझममा सामान्यतः एउटा चिसो पेय पदार्थको क्यान खोल्दा के प्राप्त होला ? धेरैको अनुमान हुन्छ, केही क्षणको ताजगी र ऊर्जा । तर म्याक्स टाइगर इनर्जी ड्रिङ्कका नौ जना उपभोक्ताका लागि भने यही क्यान खोल्नु जीवनकै अविस्मरणीय खुसीको क्षण बनेको छ। उनीहरूले मोटरसाइकल र स्कुटर जितेका छन् ।

म्याक्स टाइगर इनर्जी ड्रिङ्कले सञ्चालन गरेको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहा मोटरसाइकल तथा स्कुटर जितेका हुन् ।

दसैँको उत्साह, युवाको जोस र आकर्षक पुरस्कारको उमङ्गलाई एकसाथ जोडेर सञ्चालन गरिएको अभियानमा देशका विभिन्न सहरका उपभोक्ताले पुरस्कार जितिरहेका छन्। हालसम्म सार्वजनिक भएका विजेतामध्ये कसैले मोटरसाइकल त कसैले स्कुटर प्राप्त गरेका छन् ।

अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा आरजे जेडआर स्कुटर जितेका छन्। बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। त्यसैगरी बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्।

पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेताले अभियानलाई थप रोमाञ्चक बनाएका छन्। जनकपुरका कौटल्य कुमार सिंह र विराटनगरका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा आरजे जेडआर स्कुटरका भाग्यशाली विजेता बनेका छन् ।

कम्पनीका अनुसार अभियानअन्तर्गत कुल ३६ वटा दुईपाङ्ग्रे सवारीसाधन र एउटा कार पुरस्कारका रूपमा राखिएका छन् । तीमध्ये १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा आरजे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । यसबाहेक एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिनेछ।

अभियानमा हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् । अब बाँकी २८ वटा सवारीसाधनले आफ्ना भाग्यशाली विजेता पाउन बाँकी छ । यसले आगामी दिनमा पनि उपभोक्तामाझ अभियानप्रतिको उत्सुकता कायमै रहने देखाएको छ ।

बनेपादेखि बुटवल, धादिङदेखि धनगढी, सुर्खेतदेखि जनकपुर हुँदै धरान, विराटनगर र वीरगञ्जसम्मका उपभोक्ता विजेता बन्नुले अभियानको पहुँच देशका विभिन्न क्षेत्रमा विस्तार भएको कम्पनीको दाबी छ ।

‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने सन्देशसहित अघि बढाइएको म्याक्स टाइगरको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ ले उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको छ। अब सबैको चासो भने एउटै प्रश्नमा केन्द्रित छ—बम्पर पुरस्कारको प्रोटोन कार कसको भाग्यमा पर्ला ?

  • १५ कार्तिक २०८३, आईतवार १७:४७ प्रकाशित