नयाँ सोच र नयाँ सपनाका साथ अघि बढौं : सभामुख

केन्द्रभाग मिडिया

बुटवल ।

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सन्देश जारी गरी उनले सम्पुर्ण देश विदेशमा रहनु भएका समस्त लुम्विनी प्रदेशबासी आमा–बुवा, दिदी– बहिनी, दाजु–भाई, एवं माननीय प्रदेश सभा सदस्य ज्यूहरु, मतदाता ज्यूहरु, सम्पुर्ण कर्मचारी, शुरक्षाकर्मी, संचारकर्मी पत्रकारहरुमा सुख, शान्ति, संमृद्धि तथा सु–स्वास्थ्य दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

शुक्रवार जारी शुभकामना सन्देशमा– ‘संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण थलोको रुपमा रहेको लुम्विनी प्रदेश सभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछु, साथै प्रदेश सभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित गर्ने प्रयत्नका साथ अघि वढेको अवस्थामा यहांहरुको निरन्तर साथ सहयोग तथा रचनात्मक शुझाव सल्लाहको अपेक्षा समेत गर्दछु । ’

नयाँ सोच र संमृद्धिको नयाँ सपनाका साथ अघि बढ्न समेत उनले शुभकामना सन्देशमा उल्लेख गरे । ‘विचारमा स्वाभीमानी बनौं । व्यवहारमा इमान्दार बनौं । २०८० साललाई देश र जनताको सुख, शान्ती र संमृद्धिका र देशको अवस्था परिवर्तनामा उपयोग गरौं । गत वर्षको समिक्षा सहित नयाँ सोच नयाँ सपनाका साथ अघि बढौं भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।’ – शुभकामना सन्देशमा उल्लेख छ ।

 

 

  • १ बैशाख २०८०, शुक्रबार ११:२० प्रकाशित