काठमाडौँ ।
नेपाल उद्योग वाणिज्य महासङ्घको नयाँ कार्यसमिति चयन गर्नका लागि मतदान सुरु भएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिए पनि त्रिपक्षीय सहमति जुट्न नसक्दा ढिलो गरी मतदान सुरु भएको हो ।
कमलादीको प्रज्ञाप्रतिष्ठानमा सुरु भएको मतदान बेलुकी चार बजेसम्म जारी रहने महासङ्घ निर्वाचन समितिले जनाएको छ । यो पटकको चुनावमा ६४ पदका लागि एक सय १७ जनाको उम्मेदवारी परेको छ । यसमध्ये ५ जना निर्विरोध भएका छन् । यससँगै ५९ पदका लागि ११२ जना भिडन्तमा छन् ।