वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो ।

गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । उनले हिजो श्रीमतीलाई बोलाएर आफैंसँग राखेका थिए । तर, श्रीमती आरतीले आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै एक साथीलाई गुहारेकी थिइन् । ती साथीले पार्वतीलाई उद्दार गरेकी छन् ।

  • २८ चैत्र २०७९, मंगलवार १६:३२ प्रकाशित