काठमाडौं ।
बुधबार सेयर बजार परिसूचक नेप्से ८.६६ अंक बढेको छ । यो वृद्धिसँगै नेप्से २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन पनि नेप्से १५.३९ अंक बढेको थियो ।
नेप्से परिसूचक मात्रै नभइ कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । अघिल्लो दिन ५ अर्ब ५५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको भयो ।
१७० कम्पनीको मूल्य बढ्यो भने १०१ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।













