नेपाली कांग्रेसको महाधिवेशनबाट निर्वाचित कार्यसमिति आयोगमा अध्यावधिक

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आएको गगन थापा नेतृत्वको कार्यसमिति निर्वाचन आयोगले अध्यावधिक गरेको छ ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले १५औँ महाधिवेशनबाट चयन भएको समिति अध्यावधिक गरिएको जानकारी दिए ।

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौँमा सम्पन्न भएको थियो ।

उक्त महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २० पदाधिकारीसहित २३१ सदस्य निर्वाचित भएका थिए ।अध्यावधिक गर्नका लागि प्रमामन्त्री प्रदीप पौडेलले कात्तिक १६ गते निवेदन दिएका थिए ।

  • ९ मंसिर २०८३, बुधबार १४:५६ प्रकाशित