बाल विकास सहजकर्ता तालिम समापन

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिका र प्राबिधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषदको साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा बालविकास सहजकर्ता तालिम सम्पन्न भइ एक कार्यक्रमका बिच समापन गरिएको छ  । शिक्षालयको स्वीकृत पाठ्यक्रममको अधिनमा रही ३९० घण्टा सम्म संचालन गरिएको तालिममा ४० जना सहभागी रहेका थिए ।

तालिममा सहभागीका लागि परेका आवेदनहरु मध्ये शिक्षालयले अति आवश्यकता रहेका न्यून आम्दानी भएका व्यक्तिहरु छनौट गरि संचालन गरेको हो ।

समापन कार्यक्रममा शिक्षालयका संचालन समिति सदस्य यवम पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ यवम पोखरा महानगरपालिकाका शिक्षा निर्देशक हेमप्रसाद आचार्य, सदस्य यबम कार्यपालिका सदस्य निर्मलापौडेल, ब्यबसायिक तालिम प्रबर्धन केन्द्रका संयोजक नवराज अधिकारी, जनप्रकाश मा.बि. का प्रध्यानाध्यापक शेखरनाथ शर्मा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमको संचालक शिक्षायलका शिक्षालयका शैक्षिक प्रमुख सरोज अधिकारीले गरेका थिए भने स्वागत मन्तब्य तालिम प्रशिक्षक प्रभा भुजेलले गरेकी थिएन ।

पोखरा–२९, भण्डारढिकमा, गण्डकी बहुप्राविधिक शिक्षालयमा भएको तालिमको समापन शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको हो ।

स्थानीय उत्पादनलाइ बढुवा दिदै स्वरोजगारीका अवसर सृजना गर्ने गराउने उधेश्यले सिपमुलक तालिम संचालन गर्दै आएको शिक्षालयले बिद्यालय शिक्षा एस इ इ अध्ययन पश्चातका तिन बर्षे इन्जिनियरिंग तर्फका कार्यक्रम (सिभिल, अटोमोबाइल र जियोम्याटिक) र डिप्लोमा इन फरेस्ट्री (बन बिज्ञान) का कार्यक्रमहरु संचालन गरिरहेको छ भने आगामी वर्ष देखि स्वास्थ्यका कार्यक्रमहरु (जनरल मेडिसिन र फार्मेसी) संचालन गर्ने तयारीमा छ ।

  • २४ चैत्र २०७९, शुक्रबार १३:११ प्रकाशित