प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदैछन् । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा अमेरिकाको न्युयोर्कमा हुँदैछ । प्रधानमन्त्री शाहले महासभामा ८ असोजमा सम्बोधन गर्ने कार्यक्रम छ ।

उनले भोटेकोशी बाढीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असरबारेमा राष्ट्रसंघको ध्यानाकर्षण गराउने छन् ।

महासभामा भाग लिन यसअघि ४ असोजमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरिसकेको छ ।

 

  • ६ आश्विन २०८३, मंगलवार ०६:५५ प्रकाशित