सिस्नु टिप्न गएका दिदीबहिनी मृत भेटिए

केन्द्रभाग मिडिया

सुर्खेत ।

रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत अवस्थामा भेटिएका छन् ।बुधबार साँझ घरबाट सिस्न टिप्न गएका पुथाउत्तरगंगा गाउँपालिका-३ रन्माका दिदिबहिनी मृत भेटिएका हुन् ।

१० वर्षीया रीना बुढामगर र ८ वर्षीया कालिमाया बुढामगर मृत भेटिएको प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिएका छन् ।उनीहरु घरबाट सिस्नु टिप्ने भन्दै गएको र साँझ घरमा नआएपछि आफन्तले खोजी गर्दा आज(बिहीबार) बिहान ६ बजे मृत भेटिएका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • २३ चैत्र २०७९, बिहीबार १५:४४ प्रकाशित