नयाँ बसपार्कबाट यौन धन्दा चलाउने ७७ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट ७७ जनालाई पक्राउ गरेको छ ।

बसपार्क क्षेत्रमा ठगी र यौन धन्दा चलाउने उनीहरूलाई बुधबार राती पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष रहेको डिएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए ।

प्रहरीले सो क्षेत्रमा ठगी र यौन धन्दा चलाउनेहरू विरुद्ध स्विप अपरेसन सञ्चालन गरेको थियो । टोखा नगरपालिका स्थित वडा नम्बर–२६ र वडा नम्बर–९ मा सञ्चालित गेस्ट हाउस, दोहोरी, डान्सबार तथा रात्रि क्लबमा आबद्ध रहेकाहरू पक्राउ परेका छन् ।

  • २३ चैत्र २०७९, बिहीबार १०:५९ प्रकाशित