जसपाको बैठक भोलि,समानुपातिक सांसद छान्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

समानुपातिक सांसद छान्न जनता समाजवादी पार्टी (जसपा)ले बैठक बोलाएको छ । मंसिर २४ गते शनिबार बिहानलाई बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

‘शनिबार बिहान ८ बजे केन्द्रीय कार्यकारिणी बैठक समितिको बैठक बोलाइएको छ । समानुपातिक तर्फका सांसदबारे निर्णयका लागि बैठक बोलाइएको हो’, प्रचार विभाग प्रमुख बस्नेतको भनाइ छ ।

निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुनेहरूको नाम क्लस्टर मिलाएर शनिबार भित्र पठाउन पत्र काटेपछि दलहरू त्यसको तयारीमा लागेका हुन् ।

  • २३ मंसिर २०७९, शुक्रबार १६:३२ प्रकाशित