काठमाडौं ।
सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरणमा आगामी भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ ।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न स्थानमा ज्यान गुमाएका युवाहरूको योगदान र बलिदानको स्मरण गर्दै भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै शिक्षामन्त्री सस्मित पोखरेलले दिवसका अवसरमा शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै उनीहरूले उठाएका सवाल, आन्दोलनका उद्देश्य तथा प्राप्त उपलब्धिबारे छलफल गरिने जनाइएको छ।











