देउवाले ट्विट गर्दै भने,‘प्रिय मतदाता, कांग्रेसलाई ठूलो दल बनाएकोमा धेरै धेरै धन्यवाद’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ठूलो पार्टी बनाएकोमा मतदातालाई धन्यवाद दिएका छन्। शुक्रबार बिहानै ट्वीट गर्दै प्रधानमन्त्री समेत रहेका ​देउवाले कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाएकोमा धन्यवाद दिएका हुन्।

‘प्रिय मतदाता, नेपाली कांग्रेसलाई संसदको सबैभन्दा ठूलो दल बनाउनु भएकोमा धेरै धेरै धन्यवाद,’ ट्वीटरमा लेखेका छन् ।​ कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट र समानुपातिकतर्फ ३२ सिट जितेको छ। ८९ जना सांसद सहित संघीय संसदमा कांग्रेस सबैभन्दा ठूलो दल भएको छ ।

  • २३ मंसिर २०७९, शुक्रबार ०९:४० प्रकाशित