ललितपुर ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्ने बताएका छन् ।
गोरखा–काठमाडौं सम्पर्क मञ्चद्वारा मंगलबार बिहान ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो भनाई राखेका हुन् ।प्रचण्डले राजनीतिमा देखापरेका आवेग, असन्तुष्टि र निराशालाई सम्बोधन गर्ने ढंगले अघि बढ्ने बताएका छन् ।
प्रचण्डले भने, ‘मैले राजनीतिमा देखा पर्न खोजेका आवेग, असन्तुष्टि र निराशालाई पनि सम्बोधन गर्ने ढंगले गोरखाली जनताको विश्वासको बलमा अगाडि बढ्नुपर्छ ।’ सुशासन र विकासबाट नै जनतामा भ्रम छर्ने प्रवृतिलाई परास्त गर्न सकिने उनले बताए ।
















