काठमाडौं ।
प्रदेश १ को सुनसरी ३ नम्बर क्षेत्रमा १० हजार ६ सय ३४ मत गन्न बाँकी हुँदा ६ हजार ३३५ मतले नेकपा एमाले नेतृ भगवती चौधरी अगाडि छिन् । यो अग्रतासँगै चौधरी जितको नजिक रहेकी छिन्।
प्रतिनिधिसभा निर्वाचन मतगणना जारी रहेको सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरीले ३६ हजार ९३६ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतीद्वन्दी कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदारले ३० हजार ६०१ मत प्राप्त गरेका छन् ।
आज बिहान ६ बजे सम्मको पछिल्लो गणनामा चौधरीले काँग्रेसका विजयकुमार गच्छदारलाई ६ हजार ३३५ मतान्तरले पछि पारेकी छन् । योसँगै यसअघि लगातार ६ पटक निर्वाचित भएका गच्छदारको संसद यात्रामा ब्रेक लाग्ने निश्चित भएको छ ।
















