पोखरा ।
नेकपा एकीकृत समाजवादीक कास्कीको अध्यक्षमा खड्ग हमाल चयन भएका छन् । पार्टी अध्यक्ष धनराज आचार्य पोखराको मेयर उम्मेद्वार बन्दादेखि नै कार्यबहाक अध्यक्षको जिम्मेवारी सम्हालेका हमाललाई शनिबार पोखरामा भएको भेलाले अध्यक्षमा चयन गरेको हो ।
पोखरा २१ कृष्ति स्थायी घर भएका पुराना, सालिन र इमान्दार कम्युनिष्ट नेताका रुपमा चिनिएका हमाल २०३६ साल बाट विद्यार्थी राजनीतिमा उदायका हुन् । उनी नेकपा एमाले क्षेत्रीय कमिटी उपाध्यक्ष, जिल्ला कमिटी सदस्य, एकीकृत समाजवादीमा जिल्ला कमिटी सदस्य र उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा चयन भएका हुन् ।
त्यसैगरी एकीकृत समाजवादीको उपाध्यक्षमा पूर्ण लामा चयन भएका छन् । यस अगाडि जिल्ला कमिटीमा उपसचिव रहेका उनी समाजवादी निकट युवा संघको समेत केन्द्रीय उपाध्यक्ष छन् ।
१६९ सदस्यीय जिल्ला कमिटी रहेको एकीकृत समाजवादी कास्कीमा अध्यक्ष, दुई उपाध्यक्ष, एक सचिव र दुई उपसचिव गरेर ६ जना पदाधिकारी रहने व्यवस्था छ । एकीकृत समाजवादीको जिल्ला कमिटी भित्र ५५ सदस्यी सचिवालय छ भने समावादीका पाँच हजार एक सय जना संगठित सदस्य रहेका सो पार्टीले जनाएको छ ।













