काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारी लैनचौरस्थित बेलायती दूतावास पुगेकी छन् । उनी केहीबेर अघि त्यहाँ पुगेकी हुन् ।
बेलायती महारानी एलिजाबेथ द्वितीयाको देहावसानले आफूलाई दुःखी तुल्याएको भएको भन्दै उनले बेलायती दूतावासमा पुगेर समवेदना प्रकट गरेको दुतावासले जनाएको छ ।
महारानीको हिजो साँझ ९६ वर्षको उमेरमा निधन भएको हो । उनी बेलायतको राजगद्दीमा सात दशकबढी समय बसेकी थिइन ।