सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।अब प्रहरीले उनलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ ।लामिछाने अहिले हाल देश बाहिर छन् ।

नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार उनले आफु निर्दोष रहेको बताएका छन् । उनले कानुनी सहायताका लागि क्यानसगँ अनुरोध गरेका छन् ।

  • २३ भाद्र २०७९, बिहीबार १४:४६ प्रकाशित