पोखरा ।
पोखरा महनगरले महेन्द्रपुलमा रहेको पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय भवन भत्काइने भएको छ । ती भवनका भुइ तलामा व्यापार गदै आएका व्यवसायीलाई हट्न महानगरपालिकाले साउन १९ गते दोस्रो पटक ३५ दिने सूचना जारी गरी सकेको छ । भदौ २२ गते ३५ दिने म्याद समाप्त भए पछ महानगरले आज ति भवन भत्काउन लागेको पोखरा महानगर वडानम्बर ९ का अध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए ।
निवर्तमान नगर प्रमुख मानबहादुर जिसी नेतृत्वको कार्यापालिका बैठकले १ चेत्र २०७५ मा ती भवन जिर्ण भएको भन्दै भत्काउने निर्णय गरेको थियो । तर, त्यती बेला भत्काउने आट गर्न सकेन । जिसीको निर्णय वर्तमान नेतृत्वले कार्यान्वयन गर्न लागेको हो ।
ती भवनमा ३० वटा सटर छन् । सुरुमा महानगरले सटरको आकार हेरी मासिक ७ हजारदेखि ५० हजार रुपैयाँसम्म भाडा उठाउने सम्झौता गरेको थियो । महानगरको आन्तरिक लेखा परीक्षणको तथ्यांकअनुसार ती सटरहरुबाट महानगरले ३ करोड ९८ लाख रुपैयाँ भाडा उठाउन बाँकी छ ।
भवन भत्काएर उक्त स्थानमा पार्क र सार्वजनिक सौचालय बनाउने महानगरको योजना छ ।
पुस्तकालय र ग्यालरीलाई भने पृथ्वीचोकको ट्राफिक प्रहरीले बस्दै आएको स्थानमा नयाँ भवन बनाएर स्थाानान्तरण गरिने वडाध्यक्ष मर्सानीले जानकारी दिए ।