ओली भोलि झापा जाँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृह जिल्ला झापा जाने भएका छन्।

नेताहरुका अनुसार ‘मिसन पार्टी जागरण’ कार्यक्रम उद्घाटनका निम्ति झापा जान लागेका हुन्। पर्सि, आइतबार साढे १२ बजे बिर्तामोडमा झापा एमालेले जागरण अभियान शुरु गर्दैछ ।

तर एक दिन पहिले नै ओली झापा जान लागेका हुन्। एमालेले जिल्लाजिल्लाबाट मिसन पार्टी जागरण अभियान चलाइरहेका छन्। अन्य जिल्लामा महासचिव शंकर पोखरेल लगायत नेताहरुले उद्घाटन गरेका थिए।

ओलीका गृह जिल्ला भएकाले झापामा भने उनलाई प्रमुख अतिथि बनाएर अभियानको उद्घाटन हुँदैछ।

  • २९ श्रावण २०८३, शुक्रबार १६:०७ प्रकाशित