राप्रपा नेपालको प्रदर्शनमा : प्रदेश संरचना खारेजको माग

केन्द्रभाग मिडिया

काठमाडौं ।

राप्रपा नेपाल प्रर्दशनमा उत्रिएको छ । प्रदेश संरचनाको खारेज लगायतका विभिन्न माग गर्दै राप्रपा नेपालका जनवर्गीय संगठनहरुले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदेश संरचना खारेज हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरि सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरि भ्रष्टाचारीलाई कार्वाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने, महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माईतिघर मण्डलादेखि नयाँ वानेश्वरसम्म उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

  • ६ श्रावण २०७९, शुक्रबार १५:०१ प्रकाशित