कांग्रेसको निर्वाचन अब भोलि मात्रै हुने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज हुने भनेको मतदान नहुने भएको छ ।

मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले निर्वाचन हुन नसक्ने भएको निर्वाचन समितिका संयोजक वरिष्ठ वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार अब शुक्रबार मात्रै मतदान हुने भएको छ । खड्काले निर्वाचन शुक्रबार बिहान ७ बजेबाट हुने बताएका छन् ।

बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो। त्यसपछि पनि मतदान हुन सकेन।

  • २२ आश्विन २०८३, बिहीबार १६:२२ प्रकाशित