हालसम्म १ दर्जन पालिकामा एमालेको जित (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले १ दर्जन पालिकामा जितेको छ। ३० वटा पालिकामा एमालेले १२ वटा पालिका जित हासिल गरेको हो।

एमालेले मनाङ, मुस्ताङ, डोल्पा, बजाङ, बाजुरा, म्याग्दी, शोलुखुम्बुमा खाता खोलेको छ। नेपाली कांग्रेस १० पालिका र माओवादीले ६ पालिकामा जित हासिल गरेको छ।

एमालेले जितेको पालिकाको नाम
१.शे–फोक्सुन्डो
२.चामे
३. लो–घेकर दामोदरकुण्ड
४.मनाङको ङिस्याङ
५.मुस्ताङ वारागुङ
६. लोमान्थाङ गाउँपालिका
७. सोलुखुम्बुको खुम्बु पासाङल्हमु
८.नवलपुरको बौदीकाली
९. बाजुराको साइपल
१०. थलारा गाउँपालिका
११. मुस्ताङको थासाङ
१२. म्याग्दीको मालिका

  • १ जेष्ठ २०७९, आईतवार १६:२६ प्रकाशित