पोखरा ।
स्याङ्जामा अवैध रुपमा बालुवा ओसार-पसारमा संलग्न ट्याक्टरलाई कारवाही भएको छ ।
आज बिहान सात बजे प्रहरी चौकी साँखर स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चापाकोट नगरपालिका वडा नम्बर ७ रामघाटमा अवैध रुपमा बालुवा लोड गरी ओसारपसार गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिई कारबाही गरेको हो ।
लु ३ त ९२४१ नम्बरको ट्याक्टरले बालुवा लोड गरी ओसार(पसार गरेको फेला परेपछि प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि चापाकोट नगरपालिकाको कार्यालयमा पठाईएकोमा १० हजार जरिवाना गरि छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।











