भरतपुरमा विवाद : सूर्यमा परेको मत बदर गर्न खोजेपछि मतगणना रोकियो

केन्द्रभाग मिडिया

चितवन ।

भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो ।

नेकपा एमालेका प्रतिनिधिका अनुसार छाप प्रस्ट नभएको भन्दै अन्य दलका प्रतिनिधिले सूर्यमा परेको मतलाई ‘बदर’ गराउन खोजेपछि मतगणना रोकिएको हो ।

मतगणना जारी राख्नका लागि हाल छलफल भइरहेको बताइएको छ । यद्यपि, मतगणनास्थलबाट सञ्चारकर्मीलाई भने बाहिर निकालिएको छ ।

५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै विजय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतिवडाले ६१९ मत पाएका छन् ।

  • १ जेष्ठ २०७९, आईतवार १५:५१ प्रकाशित