काठमाडौं महानगरमा मतान्तर बढाउँदै बालेन, पछ्याउँदै स्थापित

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ ।

बालेनले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार साहले १५७५ मतसहित अग्रता कायम राखेका छन् । उनलाई एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ९८५ मतका साथ पछ्याइ रहेका छन् ।

यस्तै सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंह ८२५ मत ल्याएर तेस्रो स्थानमा छिन् । यस्तै विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटाले २३ र राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् ।

  • १ जेष्ठ २०७९, आईतवार ०८:३९ प्रकाशित