आयोजना प्रभावितलाई आइपिओ बिक्री गर्दै दोर्दी

केन्द्रभाग मिडिया

काठमाडौँ ।

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता  १०० अङ्कित १० करोड ५४ लाख २६ हजार मूल्य बराबरका १० लाख ५४ हजार २६० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला गर्ने भएको हो।

कम्पनीले यही वैशाख १३ गतेदेखि आफ्नो जारी पुँजी ९रु एक अर्ब पाँच करोड ४२ लाख ६० हजार ४००० को १० प्रतिशतले हुने रु १० करोड ५४ लाख २६ हजार ४०० मूल्य बराबरका रु १०० अङ्कित दरका १० लाख ५४ हजार २६० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रमा पर्ने लमजुङको दोर्दी गाउँपालिकाका स्थायी बासिन्दाका लागि निष्काशन गर्ने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ।

स्थानीयले यही वैशाख १३ गतेदेखि छिटोमा वैशाख २७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी फागुन ११ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन्।

  • ६ बैशाख २०७९, मंगलवार ०९:२५ प्रकाशित