गण्डकीसहित चार वटा प्रदेशमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव कायम छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा हेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १,मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।

  • ६ बैशाख २०७९, मंगलवार ०६:३५ प्रकाशित