हालसम्म ४६ जिल्लाको मतपत्र छपाइ सकियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहको निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ ।

३० वैशाखमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले अहिलेसम्म ४६ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ कार्य सकिएको सोमबारको नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार १ करोड ९४ लाख थान मतपत्र मध्ये सोमबारसम्म ४६ जिल्लाका लागि आवश्यक ९५ लाख २५ हजार मत्रपत्र छपाइ सकिएको छ ।

  • ५ बैशाख २०७९, सोमबार १६:४८ प्रकाशित