शंकास्पद रकम ल्याउने पृथ्वीबहादुर शाहको मुद्दामा आज सुनुवाई

केन्द्रभाग मिडिया

काठमाडौँ ।

अमेरिकाबाट आएको शंकास्पद रकमको मुद्दामा आज सुनुवाई हुदैँछ ।

पृथ्वीबहादुर शाहले अमेरिकाबाट शंकास्पद रकम ल्याएका थिए । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको अनुरोधमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शाहको खातामाथि अनुसन्धान थालेपछि शाह सर्वोच्च गएका थिए ।

पृथ्वी शाह, परिवार, कर्मचारी र कम्पनीका नाममा खोलिएका १५ खाताहरूमार्फत शंकास्पद रकम ओसारपसार गरेको आशंकामा भइरहेको अनुसन्धान रोक्न सर्वोच्चमा ६ निवेदन परेका थिए । पाँच निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले अनुसन्धान रोकेर खाता खुला गर्ने आदेश दिन मानेको थिएन । अन्तिम निवेदनको पेसी आज(सोमबार) छ ।

पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको खुलासा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई स्रोत नखुलेको भारुसहित पक्राउ गरे पनि शक्तिको निर्देशनमा उनी छुटेका थिए ।

अहिले पनि अदालतको फैसला नआउँदै अर्थमन्त्री जनार्दन शर्माले शाहलाई ‘वैदेशिक लगानी ल्याउने व्यवसायी’ भन्दै खाता खुला गरिदिन ‘निर्देशन’ दिएपछि विवाद चर्किएको छ ।

  • ५ बैशाख २०७९, सोमबार १०:३० प्रकाशित