तराईमा गर्मी बढ्यो, पहाडमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू९भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

  • ५ बैशाख २०७९, सोमबार ०७:२३ प्रकाशित