तराईमा अबको तीन दिन तातो हावा चल्ने: पहाडमा पनि प्रभाव पर्नसक्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

तराईका जिल्लामा भोलिदेखि तीन दिन तातो हावा चल्ने भएको छ ।

नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा अबको तीन दिन तातो हावा चल्ने भन्दै विज्ञहरुले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने देखिएको भन्दै भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र पूर्व चेतावनी दिएको हो ।

४० डिग्रीभन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ । ख

उनले नेपालमा हिट वेब ‘लू’ शुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको विज्ञले बताएका छन् । यसको प्रभाव पहाडी जिल्लामा पनि पर्नसक्ने भएकाले सचेत हुन सुझाव दिइएको छ ।

  • ४ बैशाख २०७९, आईतवार १७:०९ प्रकाशित