लुक्ला उडेको समिट एयरको जहाज दुर्घटनाबाट जोगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

लुक्ला जादैँ गरेको समिट एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो । १५ यात्रु र तीन चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थलले जनाएको छ ।

सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो ।

  • ४ बैशाख २०७९, आईतवार १४:५७ प्रकाशित