विपी राजमार्ग अवरुद्ध : यात्रु बिच बाटोमै अलपत्र

केन्द्रभाग मिडिया

सिन्धुलीमा खाल्डोमा परि बाललको मृत्यु भएको छ । पुल निर्माणका लागि बनाइको खाल्डोमा परि बालकको ज्यान गएकपछि स्थानीयले विपी राजमार्ग अवरुद्ध गरेका छन् ।

ठेकेदारको लापरबाहीले बालकको ज्यान गएको भन्दै कारबाहीको माग गर्दै स्थानीयले आज आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरेका हुन् ।

सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने गरी ग्वाङ खोलामा पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा  पौडी खेल्ने क्रममा बालकको डुबेर हिजो मृत्यु भएको हो ।

ज्यान जानेमा फिक्कल गाँउपालिका घर भई कमलामाई नगरपालिका ५ बस्ने १२ वर्षीय सृयास भुजेलको मृत्यु भएको थियो। राजमार्ग अवरुद्ध भएपछि पुर्वी तराईका विभिन्न जिल्ला हुदै काठमाडौँ आवात-जावत गर्ने यात्रु तथा सवारी बाटोमै अलपत्र परेका छन्। प्रहरीले भने राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ।

ठेकेदार प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

  • ४ बैशाख २०७९, आईतवार १०:२९ प्रकाशित