पुम्दीकोटमा आजदेखि महायज्ञ, ६ करोड उठ्ने अपेक्षा

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगर २२ पुम्दीकोटमा आजबाट महायज्ञ सुरु हुदैँ छ । पुम्दीकोट बिशाल महादेवको मुर्ति परियोजना अन्तरगत अधुरा कार्य सम्पन्न गर्न पुम्दीकोट विकास समितिले महायज्ञको आयोजना गरेको हो । महायज्ञमा मुख्य बाचकको रुपमा भागवत भाष्कर युवा पण्डित कमलनयन गौतम रहने छन् ।

बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म कथा प्रबर्चन, झाँकी प्रर्दशन गरिने छ । यस अघि २०७३ फागुन ३ देखि १३ गतेसम्म संचालन भएको महायज्ञबाट ६ करोड २८ लाख नगद सहित २० रोपनी जग्गा प्राप्त भएको समितिले जनाएको छ ।

करिब ३ करोड ७५ लाख ऋण भएकोले उक्त भुत्तानी गर्नको लागि पुनः दोश्रो पटक महायज्ञ आयोजना गर्न लागिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए। ।

परिमार्जीत परियोजना अन्तरगत सुमेरु पर्वत नामाकरण गरी कुमार, पार्वतीको मुर्ति स्थापना गर्ने, भुमेश्वर महादेव देखि सुमेरु पर्वतसम्म बिद्युतीय चियर कार , हरियाली पार्क, व्यबस्थित पार्किङ स्थल निर्माण गर्ने लगायतका परियोजना रहेको अध्यक्ष बरालले बताए । ४० करोडको उक्त परियोजना अन्तरगत ५१ फिट अग्लो महादेवको मुर्ति, ३१ फिट अग्लो बिशाल डम्मरु, बिशाल महादेवको कुण्ड, १ सय ८ स्वर्गद्धारी सिढि निर्माण भइसकेको छ ।

त्यसै गरी एक सय ८ धारा सडित तेश्रो आँखा, २ सय १६ शिव लिंग, शिव ताण्डव नृत्य हल, अन्तराष्ट्यि ध्यान केन्द्र, मनोरेलद्धारा गणेश परिक्रमा, फुलमाला बिक्रिको लागि ४१ वटा सटर, कम्पाउण्ड वाल, प्रशासकिय भवन, सौचालय लगायतका भौतिक संचरना निर्माण भएको अध्यक्ष बरालले बताए ।

उक्त परियोजनाको करिब ५० प्रतिशत काम सकिदा करिब २० करोड लगानी भएको छ । महायज्ञमाबाट करिब ६ करोड रुपैया संकलन गर्ने लक्ष्य राखिएको छ

पर्यटन प्रबद्र्धनको लागि पुम्दीकोट बिशाल महादेव मूर्ति निर्माण हाम्रो अठोट, समृद्दि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने नाराका साथ आयोजना हुने महायज्ञमा पोखराको मुख्यबजारबाट महोत्सव स्थलसम्म जान आउनको लागि निशुल्क बस सेवाको व्यबस्था गरिएको अध्यक्ष बरालले बताए ।

 

  • ४ बैशाख २०७९, आईतवार ०८:५७ प्रकाशित