पहाडी भेगमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमा नहाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना छ ।

राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

  • ४ बैशाख २०७९, आईतवार ०६:३३ प्रकाशित