आईजीपीका लागि चार एआईजी दाबेदार : को बन्ला भावी आईजीपी?

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय चुनावको मुखैमा नेपाल प्रहरीको २९ औं प्रहरी प्रमुखको जिम्मेवारी हेरिफेर हुन लागेको छ।

आईजीपीको दौडमा चारजना एआईजी दाबेदारको रुपमा छन् । आईजीपीको लागि एआईजी विश्वराज पोखरेल,सहकुल थापा, हालै एआईजीमा बढुवा भएका धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई पनि प्रतिस्पर्धीका रूपमा हेरिएको छ ।

प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)हरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, मातहतका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने व्यवस्था छ ।

  • २ बैशाख २०७९, शुक्रबार १५:५९ प्रकाशित