नेपाल आउँदै डब्ल्युएचओका प्रमुख डा.ट्रेडोस

केन्द्रभाग मिडिया

काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन् । डा। टेड्रोस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ८ वैशाख (२१ अप्रिल) नेपालमा आउने जानकारी दिए ।

‘नेपाल सरकारको निमन्त्रणमा आउने तयारी भएको हो । ३ दिनको उच्चस्तरीय भ्रमणमा नेपालका उच्च अधिकारीहरुसँग भेटघाट हुनेछ ।नेपालमा रहँदा डा टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम छ ।

  • २ बैशाख २०७९, शुक्रबार १४:३५ प्रकाशित