यी तीन प्रदेशमा वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।

आज देशको अधिकांश भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानमान महाशानले जनाएको छ।हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा बदली भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बुलेटिन जारी गर्दै जानकारी दिएको छ।

राती भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागको एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • ३० चैत्र २०७८, बुधबार ०९:५१ प्रकाशित