आज ट्होटें पर्व, पोखरामा धुमधामका साथै मनाइँदै

केन्द्रभाग मिडिया

पोखरा ।
तमुहरुको ऐतिहासिक पर्व ट्होटें पर्व आज पोखरामा धुमधामका साथ मनाइँदैछ । तमु धिं नेपालको आयोजनामा पोखरामा धुमधामका साथ ट्होटें पर्व मनाउन लागिएको हो ।

वर्षमा २ पटक चैत्र र साउनको ३ मंगलवार तमु गाँउ, ह्युलमा मनाउँदै आएको ट्होटें पोखरामा तमु धिं नेपालको अगुवामा सामुहिक रुपमा चैत्र र साउनको अन्तिम मंगलवार मनाउदै आएको छ ।

तमु नास(गाँउ), ट्हो(बस्ती), ह्युल(राज्य)को सुरक्षाका साथै बैरीहरुलाई सीमा कटाउँदै सभ्य तमु ह्युलका लागि मनाउँदै आएको परम्परागत पर्व ट्होटें सामुहिक रुपमा तमु धिं नेपालको आयोजनामा विगतदेखि पोखरामा मनाउँदै आएको हो ।

उघौलीको रुपमा मनाइने ट्होटें यस वर्ष पोखरासभा गृहमा भेला भई विभिन्न झाँकी, बाजागाजा, साँस्कृतिक प्रस्तुतिसहित मौलिक भेषभुषमा सभागृहचोक, लखनचोक, नयाँबजार हुदै तमु धिं नेपालको प्राङ्गणमा समारोह गरिने तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिएका छन् ।

  • २९ चैत्र २०७८, मंगलवार ०७:४० प्रकाशित