अपराध न्युनिकरणको लागि समाजको साथ र सहयोग अपरिहार्य : प्रजिअ आचार्य

केन्द्रभाग मिडिया

पोखरा  ।
सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा माटेपानीले आत्महत्या न्युनिकरण, लागुऔषध नियन्त्रण र लैङिगक हिंसा सम्बन्धी एक दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सेवा केन्द्रका अध्यक्ष मिरादेवी आचार्य अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जयनारायण आचार्यको प्रमुख आतिथ्यता रहको थियो । पोखरा–१४ छिनेडाँडाँमा आयोजना गरिएको कार्यक्रममा स्थानीयहरुको सहभागीता रहेको थियो ।


कार्यक्रममा उद्याटन मन्तव्य राख्दै प्रजिअ आचार्यले समाजमा अपराधिक कृयाकलाप बढ्दै गएको बताए । अपराध न्युनिकरण गर्न प्रशासन मात्र प्रयाप्त नहुने भएकाले समाजको साथ र सहयोग अपरिहार्य रहेको आचार्यले बताए । युवा पुस्तालाई लागुऔषधको कुलत बाट टाढै राख्न अभिभावको भूमिका महत्वपूर्ण हुने भएकाले आफ्ना बालबालिकाको दैनिक कृयाकलापलाई निगरानी गर्न उनले आग्रह गरे ।


यस्तै जिल्ला प्रहरी कर्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जिल्लामा दर्ता हुने मुद्धा मध्य ९० प्रतिशत मुद्धा लागुऔषधसंग सम्बन्धित रहेको जानकारी दिए । थापाले कास्की प्रहरीले लागुधौषध ओसारपसार गर्नेलाई विषेश निगरानी र अन्जानमा लागुऔषधमा फसेकालाई सुधार गर्ने अभियान चलाएको बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले आत्म हत्या गर्नेको संख्या बढ्दै गाएको जानकारी दिए । उनले गएको वर्ष भन्दा यस वर्ष कास्कीमा करिब १४ प्रतिशत आत्महत्याका घटना भएको बताए । आत्महत्या गर्नेमा पुरुषको संख्या बढि रहेको पनि उनले जानकारी दिए ।


चिठ्ठा पर्र्यो भन्दै ढग्ने क्रम बढ्दै गएको भन्दै सचेत रहन तिवारीले आग्रह गरे । सामाजिक संजाल चलाउदा सुरक्षाका उपाय अपनाउन पनि उनले कार्यक्रममा सहभागीलाई सुझाए ।

मनोरोग विशेषज्ञ डा. राजन शर्माले आत्महत्याका घटना बढ्नुमा मानसिक रोग कारण रहेको बताए । ९० प्रतिशत मानिसहरुले गर्ने आत्महत्या मानसिक रोगबाट हुने गरेको र चिन्ता रोग आत्महत्याको मुख्य कारक रहेको बताए । आत्महत्या न्युनिकरण गर्न समस्यालाई खुलेर छलफल गर्नु पर्ने र एक अर्कामा समस्या बाड्दा आत्महत्या गर्ने चाहना घटेर जाने डा. शर्माले बताए ।

अधिवक्ता गितादेवी लामिछानेले सामाजिक चालचलन र परम्पराबाटै लैङिगक हिंसा सुरु हुने बताइन् । उनले हिंसा न्युनिकरण गर्न घरघरबाट छोरा र छोरीबीचको विभेद अन्त्य हुनुपर्नेमा जोड दिइन् ।

पोखरा महानगर–१४ वडा सदस्य एवं कार्यपालिका सदस्य यशोधा केसी भट्टराईले वडाले सामाजिक विकास कार्यक्रम अन्र्तगत सचेतनामुलक कार्यक्रम संचालन गर्न सहयोग गरेको बताइन् । चुलो चौकोमा रहेका महिलाहरुलाई यस्ता कार्यक्रममा समेट्न आवश्यक रहेको उनले औल्याइन ।

सामुदायीक सेवा केन्द्र कास्की समन्वय समितिका अध्यक्ष बोध बहादुर कार्कीले यस्ता कार्यक्रमले समाजमा अपराध न्युनिकरणमा सघाउ पुर्याउने अपेक्षा व्यक्त गदै प्रहरी र नागरिकबीचको सम्बन्ध सुधार गर्न कार्यक्रम सफल हुने भनाइ राखे ।

केन्द्रका सदस्य किरण अधिकारीले कार्यक्रमको उदेश्य वारे बोल्दै समाजमा अपराधिक घटनाहरु बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्न चेतनामुलक कार्यक्रमको आयोजना गरिएको बताए । यसले सुरक्षित समाजको निर्माणमा सहयोग पुग्ने उनले अपेक्षा व्यक्त गरे ।

कार्यक्रम सेवा केन्द्र उपाध्यक्ष इन्दीरा पन्त आचार्यको स्वागत मन्तब्य र सचिव नेत्र बहादुर तिमिल्सिनाको संचालनमा सम्पन्न भएको थियो ।

  • २८ चैत्र २०७८, सोमबार १५:५३ प्रकाशित