जापान जान लागेकी तनहुँकी सोबिता नेपाली गोलीसहित एयरपोर्टबाट पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक युवती गोलीसहित पक्राउ परेकी छिन् ।

आज सोमबार नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौं–क्लालालाम्पुर (मलेसिया) हुँदै जापानको नारिता शहर जान लागेकी युवती विमानस्थलबाट गोलीसहित पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा तनहुँ स्थायी घर भएकी २७ वर्षीया सोबिता नेपाली छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एक्स–रे ‘ए’ मा चेकजाँचको क्रममा उनले बोकेको घ्यु रङको हाते ब्यागभित्र  KF 13 5.56 लेखिएको एक राउण्ड गोली फेला परेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ । प्रहरीले थप अनुसन्धानका लागि पक्राउ परेकी युवतीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाएको जानकारी दिएको छ ।

  • २८ चैत्र २०७८, सोमबार १४:३३ प्रकाशित