एनसेलको न्यू ‘इयर कम्बो अफर’

केन्द्रभाग मिडिया

काठमाडौं ।

एनसेलले आउँदै गरेको नेपाली नयाँ वर्षमा नयाँ आकर्षक अफरहरु ल्याएको छ ।

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको जनाएको हो ।

आज आइतबारबाट संचालनमा आएका आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समयसिमा रहेका विभिन्न प्याकहरु सुचारु गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् ।

त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक पाउने पनि कम्पनीले जनाएको छ ।

  • २७ चैत्र २०७८, आईतवार १७:०१ प्रकाशित