छाब्दीखोलामा बेलिब्रिज बन्दै

केन्द्रभाग मिडिया

असारमा आएको बाढीले बगाएको पुल

तनहुँ ।

व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलामा बेलिब्रिज बन्ने भएको छ । पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको गर्न लागिएको हो । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो ।

पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा समस्यामा परेका थिए । नेपाली सेना र स्थानीयवासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको व्यवस्था मिलाइएको थियो ।

भानु तुरतुरे र गोरखाको पालुङटार जोड्ने बेलिब्रिज मर्स्याङ्दी नदीले बगाएपछि सोही बेलिब्रिज छाब्दीखोला दोभानमा राख्ने योजना बनाइएको थियो । चितवनबाट मर्मत गरेर ल्याइएको बेलिब्रिज जडान गरिएको पूर्वाधार विकास एकाइ कार्यालय तनहुँले जनाएको छ।

सङ्घीय सरकारको १८ लाख रुपैयाँ सहयोगमा सडक डिभिजनमार्फत बेलिब्रिज ल्याइएको हो । ग्याबिन जाली र बेलिब्रिज मर्मत गर्न गण्डकी प्रदेश सरकारले ४३ लाख रुपैयाँ दिएको थियो ।

  • २७ चैत्र २०७८, आईतवार १६:२६ प्रकाशित