फिष्टेल ऐकेडेमीमा महानायक हमालले सम्झाए अभिभावकको दायित्व

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली सिने जगतमा महानायक राजेश हमालले विद्यार्थीको उत्कृष्ट भबिष्य निर्माणका लागि अभिभावकले बिद्यालय र विद्यार्थीको मनोबैज्ञानिक भावना बुझ्नुपर्ने बताएका छन् । मनोभावना बुझेर त्यसै अनुरुप आफ्नो काम व्यबहार अपनाउनु पर्नेमा उनले जोड दिए । पोखरामा स्थापना गरिएको अन्तर्राट्रिय स्तरको विद्यालय फिस्टेल एकेडेमीले शनिबार आयोजना गरेको ‘ओपन डे’ कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो जोड दिएका हुन् ।

अभिभाबक र विद्यार्थीको कर्तव्य र दायित्वका बारेमा प्रकाश पार्दै उनले स्थानीय अभिभावक र विद्यार्थीसंग अन्तर्कृया समेत गरे। हमालले गुणस्तर र भौतिक पुर्बाधार अबलोकन पश्चात् नेपालकै उत्कृष्ट बिद्यालय भन्न आफुलाइ कुनै अप्ठ्यारो महसुस नहुने प्रतिक्रिया दिए ।

बिधालयका पुर्ब बिद्यार्थी डा. हरि शर्माले आजको फिस्टेलको शैक्षिक उचाइसङ्गै अब भौतिक पुर्बाधारले समेत अन्तरास्ट्रिय गुणस्तरमा उत्कृष्ट बनेको बताए । उनले अभिभावकलाई निर्धक्कका साथ आफ्ना बाबू नानिहरुको अब्बल भबिस्यका लागि आश्वस्त हुने ठाउँ रहेको जिकिर गरे । शर्माले फिस्टेल अब पोखराकै गर्व गर्न लायक उदाहरणिय सम्पदा बनेको भन्दै यसको संरक्षण गर्ने दायित्व समेत पोखरा र गण्डकीवासीको भएको बताए ।

विद्यालयका संस्थापक निर्देशक चिनु रानाभाटले गण्डकी प्रदेशमा अन्तरास्ट्रिय मापदण्ड र भौतिक पूर्बाधार सहितको बिधालय स्थापना र संचालन गर्ने आफ्नो इच्छा पूरा भएको भन्दै निरन्तको गुणस्तर र सहकार्यका लागि सदैब लागि लागि पर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उक्त अबसरमा विद्यार्थीहरुले तयार पारेका हस्तकला , शैक्षिक सामाग्री प्रदर्शन गरिनुका साथै विभिन्न फुड स्टलहरु लगायतका स्टलहरु राखिएको थियो ।

  • २७ चैत्र २०७८, आईतवार ०७:४७ प्रकाशित