स्थानीय र पश्चिमी वायुको प्रभाव : मेघ गर्जनसहित वर्षा हुने

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भएको छ ।

दिउँसो  प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली , बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश नं १ को पहाडी भू-भागका केही र बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रदेश नं १ , बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा र मधेस प्रदेशका एक / दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना  छ ।

  • २६ चैत्र २०७८, शनिबार ०६:४९ प्रकाशित